दफा ३२
गुठी रैतान नम्बरी जग्गामा मालपोत लाग्ने
ः(१) सरकारी रैकर जग्गाको जग्गावालाले जग्गाको किसिम अनुसार नेपाल सरकारमा मालपोत बुझाए सरह गुठी रैतान नम्बरी जग्गाको जग्गावालाले संस्थानमा मालपोत बुझाउनेछ ।
(२) गुठी रैतान नम्बरी जग्गामा जग्गावालाको हक र हैसियत प्रचलित कानुन बमोजिम सरकारी रैकर जग्गाको जग्गावालाको सरह नै हुनेछ ।
(३) यस दफाको प्रयोजनको लागि जग्गावाला भन्नाले यस ऐन बमोजिम संस्थानलाई मालपोत तिर्नु पर्ने गरी गुठी जग्गा आफ्नो नाममा दर्ता भई सो दर्ताको नाताले उक्त जग्गामा हक हुने व्यक्ति र त्यस्तो व्यक्तिको हकवाला वा अंशियार भएको नाताले वा त्यस्तो व्यक्तिले प्रचलित नेपाल कानुन बमोजिम आफ्नो हक छोडी दिएकोले सो जग्गा आफ्नो नाममा दर्ता गराउने हक पुगेको व्यक्ति सम्झनु पर्छ ।